जसराज वंशावलीको तेस्रो संस्करण पु्स्तक, जसराज वंशावली २०७८ को विमोचन भएको छ । जसराज गोत्रहरुको तेस्रो सम्मेलनको अवसर पारी वंशावलीको पुस्तक प्रकाशनमा ल्याएको हो ।
जसराज वंश भनेको नेपालमा वसोवास गरिरहने थारु समुदाय भित्रको एक गोत्र हो । मलेरिया उन्मुक्त थारु जाती नेपालका भुमिपुत्र आदिबासी हुन् । सिद्धार्थ गौतम (वुद्ध) थारु कै सन्तान थिए भनेर बिभिन्न अनुसन्धानहरुले प्रमाणित गर्दै आईरहेको छ । थारु जाती नेपालको बिभिन्न भुभागमा बसेर समग्र नेपालको बिकासमा अहम् भुमिका खेल्दै आईरहेको छ । थारु जाती भित्र बिभिन्न वंशहरु पर्दछन्। थारुका बिभिन्न वंश अन्तर्गत यस पुस्तकले जसराज वंशको पुस्ताहरुलाई लिपिबद्ध गर्ने कार्य गरेको छ । जसराजका वृज पितामह थेग जसराजलाई मानिन्छ ।
ग्वोलिन र दलभोजन उनका दुइ वटा छोरा थिए । यस पुस्तकमा ग्वोलिनका सन्ततिहरुलाई समेटिएको छ भने दलभोजनका सन्ततिहरुलाई अझैपनी समेट्न सकिएको छैन । यसको लागी थप अनुसन्धान गर्दै जानुपर्छ थारु जगरणका अध्यक्ष रमानन्द जसराजले वताए ।
जसराज वंशावलीको पुस्तकले सम्पुणर् गोत्रहरुलाई समेटी एकवद्ध गर्नेकार्य गरेको छ यो पुस्तक पञ्चपर्षीय रुपमा अध्यावधीक गर्दजानुपर्ने विचार पूर्व सहरीविकास राज्य मन्त्री मन्जु चौधरीले वताएका छन ।
यसैगरी जसराज वंशावली २०४६ का संस्थापक एवंम पूर्व उधोग सहायक मन्त्री लक्ष्मी नारायण जसराजले पुस्तक प्रकाशनमा निरन्तरता दिएकोमा धन्यवाद दिदै थप अनुसन्धान गर्दैजानुपर्ने औल्याए ।
यो पुस्तकको सम्पादनमा लक्ष्मी नारायण चौधरी सूर्यनारायण चौधरी,रमानन्द चौधरी,विजय चौधरी र संगीता चौधरीको रहेको छ ।
मानव जातीको उत्पत्ती कसरी भयो र कसरी विकसित हुदै गयो भन्ने घटनाक्रमको गहिरो अध्ययन गरी केलाउनु आवश्यक छ । पुरातत्व दर्शनको आधारमा मानवका बिभिन्न वंशहरुको उत्पत्ती वारे अध्ययन गरिनुपर्छ । बिभिन्न जातजातीका वंशहरु कसरी अगाडी बढिरहेका छन् त्यसकोे वैज्ञानिक अध्ययन गरीनुपर्ने आजको आवश्यकता हो । यही आवश्यकतालाई महसुस गरी जसराज वंशलाई लिपिबद्ध गर्ने अभियानमा वि.स. २०४६ सालमा पुर्व उद्योग राज्यमन्त्रि लक्ष्मी नारायण चौधरीको अगुवाईमा जसराज वंशावली पहिलो पटक प्रकाशित भयो । कासिँलाल दास जसराजको नेतृत्वमा वि.स. २०७५ सालमा दोस्रो पटक जसराज वंशावली प्रकाशन भयो ।
आधुनिकिकरण, पश्चिमिकरण र संस्कृतिकरणलाई सकारात्मक तरीकाले ग्रहण गर्दै आफ्नो मातृभुमि, संस्कृति, रितिरिवाज आदिलाई प्रवर्धन गरी संरक्षण गर्र्नको लागी कुल, गोत्र, वंशजहरुको खोज अनुसन्धान, उचित समन्वय, सहकार्य, सत्भाव, पहिचान, आत्मियता कायम गरी समाज र राष्ट्रको विकासमा योगदान गर्नको निम्ति औचित्य रहेको देखिन्छ ।
वि.स.२०४६ र २०७५ सालमा प्रकाशन भएको जसराज वंशावलीलाई मुल आधार मानि २०७५/०७६ सालमा गरिएको घरधुरी सर्वेक्षण र प्रत्येक घरमुली संग प्रत्यक्ष प्रश्नोत्तर गरी तथ्याङ्क संकलन गरिएको हो । तथ्याङ्क संकलन गर्ने क्रममा सिरहा, सप्तरी, उदयपुर, मोरङ्ग, सुनसरी जिल्लाका जसराज बसोवास गर्ने गाँउमा गई प्रत्यक्ष रुपमा तथ्याङ्क संकलन गरियो । साथै जिल्ला समिति मार्फत पनि तथ्याङ्क संकलन गर्ने कार्य गरीयो ।
कार्यक्रमको सञ्चालन जसराज सेवा समितीका सचिव दिपनारायण चौधरीले गरेका थिए भने अध्यक्षता अध्यक्ष चन्द्रनारायण चौधरीले गरेका थिए ।