रघुपति जुट मिल्स परिसरमा अध्यक्ष ओलीद्वारा बृक्षारोपण

रघुपति जुट मिल्स परिसरमा अध्यक्ष ओलीद्वारा बृक्षारोपण

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनु भएको हो ।

पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले जुट मिल्सको स्थलगत अवलोकन गरेपछि परिसरमा स्वामि, रुद्राक्ष लगायतका वृक्षारोपण गर्नु भएको थियो । नेपालको औद्योगिक इतिहासका प्रवद्धकमध्येका स्व.रामलाल गोल्छाको शालिकमा माल्याणर्पण समेत गरिएको थियो ।
त्यस अवसरमा ६० वर्ष जुट मिल्समा कार्य गरि २०७० सालमा सेवा निवृत्त हुनु भएका श्रमिक अर्विद हुसेनलाई दोसल्ला, फूलमाला र नगद पुरस्कार प्रदान गरिएको थियो । मिलमा कार्यरत एकै परिवारका तीन पुस्ता हजुर आमा, समिन्दा खातुन, छोरी आफ्सना खातुन एवं नातिनी सोनम खातुनलाई प्रमुख अतिथिबाट सम्मान एवं पुरस्कृत गराइएको थियो । यसैगरी एकै परिवारका दुई पुस्ता देखि कार्यरत कर्मचारीहरुमध्ये कर्मचारी नारायण खड्का र प्रकाश कुमार खड्कालाई समेत सम्मान एवं पुरस्कृत गरिएको थियो ।

वि.सं. २००३ सालमा स्थापना भई २०५३ सालमा निजिकरण भएको मिल्समा हाल ३००० भन्दा बढी कामदार कर्मचारी कार्यरत रहेको र दैनीक ५० टन जुटका विभिन्न सामाग्री उत्पादन हुने गरेको छ । जुटका समस्याका बारेमा आपूmलाई अवगत रहेको र सरकारमा रहेका बखत सिभिडि वापतको रकम फिर्ता गराएको र एन्टी डम्पिङ्ग खारेजीको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको अध्यक्ष ओलीले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्