मोरङमा एमाले थप मजबुत

मोरङमा एमाले थप मजबुत

विराटनगर । नेकपा एमाले मोरङ देशभरकै सबै भन्दा धेरै संगठित सदस्य संख्या भएको जिल्ला भएको छ । देशभरका ७७ जिल्लामध्ये मोरङमा मात्रै ३३ हजार ३४६ संगठित सदस्य एमाले मोरङमा आवद्ध भएका हुन् ।

नेकपा एमाले मोरङले हिजो आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रममा एमालेले शक्ति प्रदर्शनको झल्को समेत दिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले समेत मोरङमा एमालेका संगठित सदस्य संख्या माधवकुमार नेपालसहितको एक ढिक्का पार्टी हुँदा भन्दा बढी भएको भन्दै जिल्ला कमिटिको प्रशंसा गर्नु भएको थियो । पहिले २९ हजार मात्रै संगठित सदस्य रहेको मोरङमा अहिले ३४ हजार संगठित सदस्य रहेका छन्, अध्यक्ष ओलीले थप प्रसङ्ग जोड्दै भन्नुभएको थियो–छ हजार जनाको सदस्य प्रक्रियामा रहेको छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा यस अगाडीको भन्दा २५ प्रतिशत बढी मत समानुपातिकमा बढ्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने क्रममा पोलिटब्युरो सदस्य तथा मोरङ ३ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधसभा सदस्य भानुभक्त ढकालले मोरङ पार्टी कार्यकर्ता धेरै जिल्लाको रुपमा स्थापीत भएको जानकारी दिनु भएको थियो । देशभरकै सबैभन्दा धेरै संगठित सदस्य भएको जिल्लाको रुपमा मोरङलाई पु¥याउन अध्यक्ष ऋषिकेश पोखरेलको नेतृत्व सफल भएको भन्दै प्रशंसा गरिएको थियो ।

चियापान कार्यक्रममा समेत भव्य उपस्थितिमा सम्पन्न गरेको एमाले मोरङले आगामी निर्वाचन केन्द्रीत कार्यक्रम अगाडी बढाएको छ । पार्टीका केन्द्रीय महाधिवेशन सम्पन्न भए लगतै स्थानीय तह, प्रदेश र संघको निर्वाचन क्रमशः हुने भएका कारण त्यसको तयारीस्वरुप नेताहरुले टोलटोलमा संगठन विस्तारको कामलाई अगाडी बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्