पूर्वमन्त्री भट्टराईद्वारा अक्सिजन प्लान्ट उद्घाटन

<span class='c1'>पूर्वमन्त्री भट्टराईद्वारा अक्सिजन</span> <span class='c2'>प्लान्ट उद्घाटन</span>

चन्द्र पन्दाक
ताप्लेजुङ । पूर्वमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । जिल्ला अस्पतालमा भर्खरै जडान गरिएको अक्सिजन प्लान्टको पूर्वमन्त्री भट्टराईले मङ्गलबार विहान उद्घाटन गर्नुभएको हो ।

प्लान्टको उद्घाटन गर्नुहँुदै भट्टराईले अब ताप्लेजुङमा विरामीका लागि चाहिने अक्सिजनको अभाव नहुने बताउनुभयो । अक्सिजनको अभावमा सामान्य प्रकृतिका विरामीलाई पनि जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्थाको स्मरण गर्नुहुँदै भट्टराईले अक्सिजन प्लान्ट अस्पतालमा नै जडान गरिएकाले जिल्लावासी तथा अस्पतालमा उपचार सेवा लिन आउने विरामीलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

उक्त अक्सिजन प्लान्ट प्रविधि इन्टरनेशनल सप्लायर्समार्फत ७१ लाख ५० हजार रुपियाँको लागतमा जडान कार्य पूरा गरिएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिनुभयो । डा. लामाका अनुसार प्लान्ट जडानसँगै अहिले २४ घण्टा नै अक्सिजन उत्पादन शुरु भएको छ ।

यता २४ घण्टाभित्र प्लान्टबाट ६० देखि ६५ किलोग्राम क्षमताको २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेशनल सप्लार्यसका प्राविधिक दिलबहादुर विश्वकर्माले बताउनुभयो । प्लान्ट जडान गर्नुअघि सबैभन्दा बढी कोरोना सङ्क्रमित र अन्य गम्भीर प्रकृतिका विरामी तथा उनीहरुका आफन्तले अक्सिजन अभावको मार खेप्नुपरेको थियो ।

अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री भट्टराई । तस्बिर:चन्द्र पन्दाक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्