पुनको हत्या आरोपमा थापा पक्राउ

<span class='c1'>पुनको हत्या आरोपमा</span> <span class='c2'>थापा पक्राउ</span>

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन् ।

गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको मृत्यु भएको थियो । हत्यारालाई कानूनी दायरामा नल्याउँदासम्म पीडितहरुले शव नबुझ्ने बताएका छन् । पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्