विराटनगर कारागारका चौकीदारसहित १४ को सरुवा

<span class='c1'>विराटनगर कारागारका चौकीदारसहित</span> <span class='c2'>१४ को सरुवा</span>

विराटनगर । विराटनगर कारागारका चौकीदार किरण गुरुङसहित १४ जनाको जेल सरुवा गरिएको छ । मंगलबार कार्तिक कामत समूहसँग गुरुङ समूहको झडप भएपछि १४ जनालाई जेल सरुवा गरिएको हो ।
चौकीदार गुरुङसहित १४ जनाको जेल सरुवा गरेर कामतलाई नयाँ चौकीदारको जिम्मेवारी दिइएको छ । झडपमा घाइते भएका चौकीदार गुरुङसहित नाइके र भाइनाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको हो । कारागार विभागको निर्देशनमा चौकीदार गुरुङसहित पाँच जनालाई सुनसरीको झुम्का कारागारमा र नौं जनालाई झापा जिल्ला कारागारमा सरुवा गरेको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु राइलाई झापा जिल्ला कारागार पठाएको जेलर पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई साँझसम्म सम्बन्धित कारागारमा पुर्याइसक्ने बताइएको छ ।
चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कामतलाई चौकीदारको जिम्मेवारी दिएको छ । कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहदै आएका छन् । चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।
चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए ।

कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बराबर एक जना भाइनाइके, २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने व्यवस्था छ । कारागारभित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८९७ जना पुरुष कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।
कारागार भित्रको सत्ता हत्याउन प्रयासमा कामत समूहले चौकीदार किरण गुरुङ विरुद्ध आन्दोलन गरेका थिए । त्यस क्रममा झडप भएपछि कामत समूहले गुरुङ समूहलाई पराजित गर्दै निकालेको थियो । जसका कारण कारागार प्रशासनलाई उनीहरुलाई त्यहाँबाट निकाल्न सहज भएको थियो । यस अगाडी अभिषेक गिरी कारागारमा ल्याउने निर्णय भएपछि गुरुङ समूहले आन्दोलन गरेको थियो । ल्याईसकिएका गिरीलाई अघिल्लो हप्ता सार्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्