प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ

<span class='c1'>प्रदेश १ को</span> <span class='c2'>प्रदेश प्रमुखमा खापुङ</span>

काठमाण्डौं । सरकारले प्रदेश १ सहित तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो।

सरकारको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख हुनु भएको छ । कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसक्नु भएका परियारलाई नै जिम्मेवारी दिइएको छ। यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख हुनु भएको छ ।

प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख हुनुहुन्थ्यो । सुदूरपश्चिम प्रदेशमा एमालेनिकट गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेकै गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्