विराटनगरका मनिष तिम्सिना भए एएफसीको ए लाईसेन्स प्रशिक्षक

विराटनगरका मनिष तिम्सिना भए एएफसीको ए लाईसेन्स प्रशिक्षक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा विराटनगरका मनिस तिम्सिना सहित नेपालका ४ प्रशिक्षक उत्तीर्ण भएका छन् ।

प्रशिक्षकहरु मनिष तिम्सिना, विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठले एएफसीको ए लाइसेन्स प्राप्त गरेका हुन् । नोभेम्बर २०२० मा भएको कोर्षमा २२ जनाले सहभागिता जनाएका थिए । यससँगै नेपालमा ए लाइसेन्स प्राप्त प्रशिक्षकको संख्या ३९ पुगेको छ ।

लामो समयदेखि फुटबल क्षेत्रमा आवद्ध विराटनगरका तिम्सिना हाल भारतको आईलिग खेल्ने क्लब गोकुलम केरालाको गोलरक्षक प्रशिक्षकको रुपमा कार्यरत छन् । उनी उत्कृष्ठ नेपाली प्रशिक्षकहरु मध्ये पर्दछन् ।

एएफसीले पछिल्लो समय शीर्ष श्रेणी लिगमा ए लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य हुनुपर्ने नियम राखेको छ । एएफसीको क्लब लाइसेन्सिङ मापदण्ड पूरा गर्न पनि क्लबसँग ए लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्छ । नेपालमा भने हाललाई बि लाइसेन्सले पनि शीर्ष डिभिजन लिग क्लब सम्हालन पाउँछन् । तर एएफसी प्रतियोगिता खेल्न भने ए लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्