सेटिङमा खुसुक्क भित्रन्छ, विराटनगरमा हर्षबढाँईका लागि पड्कन्छ पटका

सेटिङमा खुसुक्क भित्रन्छ, विराटनगरमा हर्षबढाँईका लागि पड्कन्छ पटका

विराटनगर । तिहार भित्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट ग¥यो । विभिन्न मितिमा बरामद गरेको बारुदजन्य विष्फोटक पटका प्रहरीले नष्ट गरेर शहरमा यसलाई पट्काउन निषेध गरेको सन्देश दिन खोजेको थियो । तर, तिहारभर विराटनगरमा पटका पड्कन भने कम भएन । प्रहरीले विभिन्न समयमा बरामद गरेको पटका नष्ट गरेपनि खुल्ला सीमाबाट प्रहरीकै सेटिङमा खुसुक्क भित्रने पटकाले विराटनगरलाई आवाज दिईरह्यो ।

सीमाबाट खुसुक्क सेटिङमा भित्रने र शहरमा पडकने पटकाले आज विराटनगरका जलाशयमा ध्वनी र वातावरण प्रदुषण गर्नेछ । घाटमा छठको रौनक पटका पड्काएर बढाइने छ । व्रतालुले सूर्यको उपसनासँगै पर्वको हर्षबढाँई गर्ने यस्तो पटका पड्काउन नपाइने भएपनि प्रहरीले मुकदर्शक बनेर बस्नु बाहेकको अर्को विकल्प रहँदैन । कारण, सीमा क्षेत्रबाट भित्र्याउँदा नै सेटिङ भईसकेको हुन्छ ।

मोरङको ६३ किलोमिटर सीमा क्षेत्रमा रुट बाँडेर नै चोरी पैठारी र निकासीको काम हुने गरेको छ । भारतबाट मालवस्तु नेपाल भित्र्याउने र नेपालबाट भारततर्फ तस्करी गर्ने गिरोह सीमा क्षेत्रमा सक्रिय रहेपनि प्रहरीले नियन्त्रणमा चासो नदिदाँ बारुदजन्य पटका नियन्त्रण हुन नसकेको हो ।

रंगेलीको चोप्राहाबाट मनोज साह र सुमन साहले लाइन चलाउँदै आएका छन् । यस्तै डुमरियाबाट श्रवण साह, भुटाहाबाट जैयद, गलेरियाबाट मनिष साह, भेडियारीबाट जगदीश साह, मटेरुवा, इस्लामपुरबाट संस्थागत नै तस्करीको लाइन चल्ने गरेको छ । यी क्षेत्रबाट भित्र्याइएको पटकाले विराटनगरमा पर्वको हर्षबढाँई गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्