दुईदिनदेखि हराई रहेका बुढिगंगाका बालक सिंघीयाको किनारमा मृत फेला

दुईदिनदेखि हराई रहेका बुढिगंगाका बालक सिंघीयाको किनारमा मृत फेला

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–५ हात्तिमुढास्थित लिची बगैंचाका १४ वर्षीय बालक सिंघीया खोलाको किनारमा मृत फेला परेका छन् । दुई दिन अगाडी कार्तिक २२ गते दिउँसो ३ बजेदेखि हराईरहेका निश्चल राय आज मृत फेला परेका हुन् ।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार घरदेखि एक किलोमिटर दुरीमा उनी मृत भेटिएका हुन् । घरबाट अचानक हराएका बालकको खोजीमा परिवारजन रहेको थियो । प्रहरीमा खबर गरेसँगै सामाजिक सञ्जाल तथा सार्वजानिक सञ्चारमाध्यममा बालक हराएको भन्दै हुलियासहित सूचना सम्प्रेषण गरिएको थियो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्