दुई जना युवकलाई बक्राहा खोलाले बगायो, एक मृत फेला

<span class='c1'>दुई जना युवकलाई बक्राहा खोलाले</span> <span class='c2'>बगायो, एक मृत फेला</span>

विराटनगर । मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।

आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबेर हराई बेपत्ता भएका हुन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्