विराटनगर । विराटनगर–८ अशोक चौकका अफाक आलमलाई सातजनाको समूहले आक्रमण गरेर घाइते बनाएका छन् । आलममाथि खुकुरी प्रहार गर्दा खुट्टा, हात, शरिरको विभिन्न भागमा चोटपटक लागेको हो ।
घाइतेको उपचार कोशी अस्पतालमा भइरहेको छ । इटहरस्थित बुलेट मोटसाइकलको शो–रुम रोयल इन फिल्ट अफिस जाने क्रममा उनीमाथि आक्रमण भएको थियो । आलम शो–रुम इन्चार्ज हुन् ।
अपिmस जाने क्रममा स्कुटीमा रहेका आलमलाई बाटो छेकेर विराटनगर ८ का ३० वर्षीय मो. कादिर, २० वर्षीय मो. साराजुन, २० वर्षिय मो. अन्सारुल, ४५ वर्षीय मो. बाजील, २२ वर्षीय मो. सोनु र दुई जना नाम नखुलेको व्यक्तिले आक्रमण गरेको घाइतेकी श्रीमती हसिदा खातुनले जानकारी दिइन् ।