विराटनगर कारागारका अर्का कैदीको मृत्यु, गिरीको योजनामा हुलदंगा मच्चाएको आरोप

<span class='c1'>विराटनगर कारागारका अर्का कैदीको मृत्यु,</span> <span class='c2'>गिरीको योजनामा हुलदंगा मच्चाएको आरोप</span>

विराटनगर । विराटनगर कारागार भित्र बसेका अर्का कैदीको रहस्यमय मृत्यु भएको छ । जर्बरजस्ती करणी मुद्दाका अभियुक्त नारायण थापाको मृत्यु भएको हो ।

दशवर्ष कैद भुक्तानी गर्नुपर्ने थापाको छ वर्ष कैद भुक्तान गरिसकेपछि आज राती मृत्यु भएको हो । उनको मृत्युलाई रहस्यमय मानिएको छ ।
विराटनगर कारागारका निमित्त जेलर राम पोखरेलले पेट दुखेर कोशी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको दावी गरेका छन् । तर, विराटनगर कारागार चौकीदार प्रकरणले अशान्त बन्दै जाँदा थापालाई रातभर कुटेर मारिएको आफन्तले गुनासो गरेका छन् ।

मृत्यु भएका भनिएका थापा तत्कालिन चौकीदार नविन राई समूहका थिए । सरकार फेरिएसँगै विराटनगर कारागारमा सरुवा गरिएका अभिषेक गिरी विरुद्ध आन्दोलनमा उत्रिएका राईलाई सरुवा गरिएको थियो । त्यसपछि किरण गुरुङलाई निमित्त चौकीदार बनाइएको थियो ।
गुरुङलाई चौकीदारको जिम्मेवारी दिएपछि पुनः गिरीलाई ल्याउने कसरत गरिएको थियो । तर, गुरुङ समूहले पनि गिरीलाई ल्याउने विरुद्ध आन्दोलन गरेपछि उनको समूह विरुद्ध कार्तिक कामतको समूहले विद्रोह गरेको थियो ।

दुईदिन अगाडी कारागार भित्र भएको झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए । त्यस क्रममा गुरुङ समूहका १४ जनालाई सरुवा गरिएको थियो । प्रशासनले त्यसपछि गुरुङसहित १४ जनालाई सरुवा गरेर कामतलाई निमित्त चौकीदारको जिम्मेवारी दुईदिन अगाडी मात्रै दिएको थियो । कामत अगाडीका दुई जना चौकीदारको समूहमा रहेकाहरुलाई अहिले कारागार भित्रै यातना दिन थालिएको छ ।

थापालाई समेत चौकीदार कामतको समूहले यातना दिएर मारेको भन्दै त्यसको विरोध सुरु भएको छ । कामत गिरी समर्थित रहेको दावी गरिन्छ । गिरीलाई तिहार अगाडी विराटनगर कारागार ल्याईएपछि त्यहाँ विरोध भएको थियो । विरोधपछि तत्काललै सप्तरी पठाइएको थियो । गिरीले अहिले सप्तरी कारागारमा बसेर उनीसँग निकट रहेका व्यक्तिहरुलाई कारागार भित्र हुलदंघा मच्चाउन उक्साउने गरेको दावी गरिन्छ ।
निमित्त जेलर पोखरेलले समेत कारागार भित्र राजनीति हावी हुँदा अशान्त बन्दै गएको स्वीकार गरेका छन् । उनले कारागार भित्र गिरी समर्थित व्यक्तिहरु समेत रहेकाले त्यस्तो नहोला भन्न नसकिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्