विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोडबाट घरमा तास खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
स्थानिय लक्ष्मी लामाको घरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा पुगेको प्रहरी टोलीले नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले नगद १ लाख २५ हजार ५ सयको साथमा ३ बुङ तास समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा विराटनगर १५ बस्ने ४३ बर्षिय बसन्त राई, सोही वडाका २७ बर्षिय महादेव श्रेष्ठ , विराटनगर १६ बस्ने ४८ बर्षिय पर्वत ढंगोल, सोही वडाका ४८ बर्षिय उमेश दाहाल, विराटनगर १४ निवासी ३९ बर्षिय अनिल विक त्यसैगरी विराटनगर १३ निवासी ५७ बर्षिय श्याम लामा रहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका सबैजनलाई शुक्रबार म्याद थप गरी थप अनुसन्धान पछि कानुन बमोजिम कारबाही गरिने मोरङ प्रहरीले जनाएको छ ।