हिल्सा र लिमीमा तापक्रम माईनस आठ डिग्री

<span class='c1'>हिल्सा र लिमीमा तापक्रम</span> <span class='c2'>माईनस आठ डिग्री</span>

राजन रावत
हुम्ला । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको चीनसंगको सिमाना हिल्सा र लिमीमा तापक्रम माईनसमा झरेको छ । तापक्रम माईनस भएसंगै चिसो अत्याधिक बढेको र जनजीवन समेत प्रभावित भएको हो ।

नाम्खा –६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा तापक्रम माईनस आठ डिग्री सेल्सीयसमा झरेकाले चियो अध्याधिक बढेको बताउनुभयो । दिउँसो केही कम भए पनि विहान र बेलुका तापक्रम माईनसमा झर्दा धारामा पानी जम्ने गरेको र तातोपानी राखेर धाराबाट पानी निकाल्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो । यता नाम्खाकै हिल्सा क्षेत्रमा पनि तापक्रम माईनस आठ डिग्रीमा पुगेको स्थानीय कर्मा लामाले बताउनुभयो । हिल्सा कर्णाली नदीको खोचमा भएको कारण घाम नै नलाग्ने र पानी चौबीसै घण्टा जम्ने गरेको छ । हिल्सामा रहदै आउनु भएका स्थानीय, प्रहरी र सीमा सुरक्षा प्रहरी चौकीमा बस्दै आउनु भएका प्रहरीलाई निक्कै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

कर्णाली नदी पुरै बरफ जमेको छ । हिल्साका स्थानीय वासिन्दाहरु घरभित्रै आगो तापेर बस्न वाध्य भएको उहाँले बताउनुभयो ।

हिल्सामा कर्णाली नदीमा जमेको बरफ । फाइल:फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्