धान खरिदमा ढिलाई – निकै सस्तोमा व्यापारीलाई विक्री गर्न बाध्य किसान

<span class='c1'>धान खरिदमा ढिलाई – निकै सस्तोमा</span> <span class='c2'>व्यापारीलाई विक्री गर्न बाध्य किसान</span>

सिराज खान
नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाई गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् ।

सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानको गुनासो छ ।

कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मुल्यमा धान विक्री गर्नु परेको बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले दुःखेसो गर्नुभयो ।
उहाँले मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५०० देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ३०० रुपियाँसम्ममा मात्र खरिद गरिरहेको बताउनुभयो ।

बाँके डुडुवाका किसान रामचरण मौर्यले अति आवश्यक आवश्यकताका कारण अहिले बाध्य भएर केही धान सस्तोमा विक्री गरेको जनाउँदै बाँकी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई विक्री गर्न जोगाएर राखेको बताउनुभयो । यस वर्ष बेमौसमी वर्षाका कारण जिल्लाका ३० प्रतिशत जति धान नष्ट भएकाले बचेको धानलाई झन सरकारले छिटो राम्रो मूल्यमा खदिर गर्नुपर्नेमा सस्तो विक्री गर्दा अति नै पीडा भएको बाँके खजुराका किसान राजेश थापाले बताउनुभयो ।

कोटा निर्धारण नहुँदा खरिदमा ढिलाई–खाद्य व्यापार कम्पनी

उता, सो बारेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयमा जानकारी माग्दा सो कार्यालयका प्रमुख रामबहादुर विष्टले कम्पनीले धान खरिद गर्ने निश्चित भएको जनाउँदै तर कोटा निर्धारण नगरिएको र केन्द्रबाट परिपत्र नआएकाले ढिलाई भएको बताउनुभयो ।

उहाँले किसानले निकै सस्तोमा धान विक्री गर्नुपरेको गुनासो आफूहरुलाई पनि आएको जनाउँदै अबको केही दिनमै केन्द्रबाट परिपत्र आउने र धान खरिद गरिने बताउनुभयो ।
‘देशभर नै धान खरिदका लागि केन्द्रमा तयारी भैरहको छ, अब केही दिनमै परिपत्र आउँछ अनि खरिद शुरु हुन्छ’– प्रमुख विष्टले भन्नुभयो ।

बाँकेको खजुरामा विक्रीका लागि तयारी अवस्थामा रहेको किसानको धान । तस्विर -सिराज खान । नेपालगञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्