सर्लाहीमा काँग्रेसको वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजिनामा

<span class='c1'>सर्लाहीमा काँग्रेसको वडा अधिवेशन</span> <span class='c2'>अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजिनामा</span>

जनार्जन खत्री
सर्लाही । सर्लाहीमा शनिवारका लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।

केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्की राजिनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो । जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजिनामा दिनुभएको स्रोतले जनाएको छ ।

जिल्ला सभापति नागेन्द्र कुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ । आगामी निर्वाचनमा उहाँहरु नै जिल्ला सभापतिको दाबेदार हुनुहुन्छ भने पालिका तथा वडा स्तरमा पनि उहाँहरुकै दुई समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सर्लाहीमा काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणदेखि नै दुई समूहबीच चर्को विवाद देखिँदै आएको छ । अधिवेशनको सङ्घारमा आएर दुई पक्षबीचको विवाद झनै बढेको हो ।
दुवै समूहले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै आइरहेका छन् । पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न नदिएको आरोप लगाउनुभएको छ ।

निर्वाचन अधिकृतले पक्ष र विपक्षमा रहेका समूहरुको दबाब खेप्न नसकेर राजिनामा बुझाएको रायको भनाइ छ ।
निर्वाचन अधिकृत कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजिनामा दिएको बताउनुभएको छ । राजिनामा दिएर काठमाडौं फर्किनुभएका कार्कीले नवलपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै एक पक्षले एकथरी र अर्को पक्षले अर्कैथरी कुरा गर्दा निर्वाचन गराउन गाह्रो परेकाले राजिनामा दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्