काठमाडौं । सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ भएन । बिहीबार नेपाल बार एशोसिएसनले गरेको धर्नामा प्रहरीले धरपकड गरेको विरोधमा आज कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामाथि बहस नगर्ने निर्णय गर्नुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबारका लागि आठ वटा इजलास तोक्नुभएको थियो । उहाँले आजका लागि एक एकल इजलाससहित सात वटा संयुक्त इजलास तोक्नुभएको थियो ।
हिजोको धर्नामा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएको भन्दै नेपाल बारले हिजै विज्ञप्ति जारी गर्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने निर्णय गरेको थियो ।
आज इजलास तोकिएको मुद्दाको ‘बेन्च नबसेको’ सर्वोच्चले जनाएको छ ।