थप ३५५ जनामा सङ्क्रमण पुष्टि, तीनको मृत्यु

थप ३५५ जनामा सङ्क्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ९३२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ४९८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९३ हजार ६९५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्