१८६ किलो गाँजासहित दुई जना पक्राउ

<span class='c1'>१८६ किलो गाँजासहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

रौतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ छन्।

उनीहरूबाट प्रहरीले १८६ किलो गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू चढेको ना.६ ख-५९४३ नम्बरको आइचर ट्रक चेक गरेको थियो।

त्यसक्रममा ट्रकमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ वटा पोका फेला परेको थियो। त्यसपछि ट्रक चालक गोलेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्