विराटनगर ८ बलुवाहीमा छठ पर्व सास्कृतिक कार्यक्रम, कलाकारद्धय सम्मानित (फोटो फिचर सहित)

विराटनगर ८ बलुवाहीमा छठ पर्व सास्कृतिक कार्यक्रम, कलाकारद्धय सम्मानित (फोटो फिचर सहित)

विराटनगर । हरेक बर्ष विराटनगर ८ बलुवाहीमा हुदै आएको छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रममा कलाकारलाई सम्मान गरिएको छ ।


श्री छठ पुजा समारोह २०७८ बलुवाहीले आयोजना गरेका कार्यक्रममा फिल्म निर्माता तथा कलाकार दिपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्कालाई सम्मान गरिएको हो । ३ दिन सम्म जारी छठ पर्व सास्कृतिक कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।


कार्यक्रममा भारतका मैथेली कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । भारतको भागलपुरकी अन्सा जी, कटीयारकी स्मीता कौर , स्याम लाड्ला ग्रुप , विराटनगरको डि क्रस र मिस्ट्री ग्याईज डान्स ग्रुपका कलाकारहरुले प्रस्तुती दिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमलाई झापा दमककी तृष्णा रेग्मीले होष्ट गरेकी थिईन् ।
पुर्वमा पहिलो बन्न लागेको श्री छठी माई मन्दिरका लागी विराटनगर महानगरपालीकाले आर्थिक सहयोग समेत गरेको छ । बिराटनगरका मेयर भिम पराजुली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिराटनगरका अगुवा नेता तथा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्