कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिदै आएका छन् ।

नेपाल बार एशोसियशनको देशैभरको ईकाईहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएको छ । सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश जबरालाई प्रवेशमा अवरोध पुर्याइएपछि उहाँले वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गर्नुभएको छ ।

प्रधान्यायधीश जबराको विरुद्धमा कानुन व्यवसायीहरुले विरोध प्रदर्शन हुदै आएको छ भने जबराको समर्थनका कानुन व्यवसायीहरुले पनि आज सर्वोच्च परिसरमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

तस्बिर : केशब गुरूङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्