मृतक चारै जनाकाे सनाखत, छठकाे प्रसाद पु-याएर फर्कदा दुर्घटना

<span class='c1'>मृतक चारै जनाकाे सनाखत, छठकाे</span> <span class='c2'>प्रसाद पु-याएर फर्कदा दुर्घटना</span>

रौतहट । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ ।

झुन्खुनवा चोक स्थित पेट्रोलपम्प भन्दा दुईसय मिटर उत्तर गौर तर्फ जाँदै गरेका युके १२ सि २९०० भारतीय नम्वरको स्वीफ्ट कार गए राति ९ बजे अनियन्त्रित भई दुर्घटना हुँदा सवार चारैजना भारतीय नागरिकको मृत्यु भएको थियो ।
अत्यधिक मदिरा सेवनगरि चलाएको कार तीब्र गतिको कारण अनियन्त्रित भई सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको थियो । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलिले तत्काल कारको सिसा फुटालेर उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजांदा डाक्टरले मृत घोषणा गरेको थियो ।

मृतक चारै जनाको खल्तिबाट बरामद आइडी कार्डको आधारमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेकाे भएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताउनुभयो। मृतकको पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो।

स्थानीय देवाही गोनाही नगरपालिका ४ स्थित भिनाजु नरेश साहको घरमा छठको पर्साद पुर्याउन आएका चारैजनालाई रातिको समयमा रोक्ने निकै प्रयास गरेपनि नमानेर हिंडेकाले उक्त घटना भएको पीडित परिवारको बुझाई छ ।

साभार:गाेरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्