ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

विर्तामोड । झापा अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ बर्षीय सुबास खवास रहेका छन् ।

हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्