सूचना जारी गर्दै रोकिदैं मोरङ व्यापार संघको साधारणसभा, फेरी मंसिर १७ गतेलाई सारियो

सूचना जारी गर्दै रोकिदैं मोरङ व्यापार संघको साधारणसभा, फेरी मंसिर १७ गतेलाई सारियो

विराटगनर । पटक–पटक सूचना जारी गर्दै स्थगीत हुँदै आएको मोरङ व्यापार संघको सधारणसभा मंसिर १७ गतेलाई तोकिएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अथिति बनाएर ६५ औं साधारणसभा गर्ने तयारी गर्दै पुनः पाँच दिनलाई मिति सारिएको हो ।

यस अगाडी साउनमा आयोजना गर्ने भन्दै सूचना जारी गरिएको साधारणसभा भदौलाई सरेको थियो । चाडपर्वको कारण देखाउँदै स्थगीत साधारणसभा मंसिर १२ गते गर्ने निर्णय गरिएको थियो । तर, पार्टीको कामले अर्थमन्त्री आउन नभ्याउने भएका कारण पुनः १७ गतेलाई सारिएको संघका महासचिव अनिल साहले जानकारी दिनुभयो।

संघले साधारणसभाको मिति परिवर्तन भएपनि कार्यक्रमहरुमा कुनै परिवर्तन नभएको जनाएको छ । अर्थमन्त्रीकै समय अनुसार हामीले पाँच दिन सारेका हौं, महासचिव साहले भन्नुभयो–अब चाँहि पक्का साधारणसभा हुन्छ । साधारणसभाले निर्वाचन समिति बनाउने निर्णय गर्नेछ । साधारणसभा भएको एक महिना भित्रमा नयाँ निर्वाचन भईसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्