चण्डिका डिस्टिलरीका मजदुर आन्दोलित

चण्डिका डिस्टिलरीका मजदुर आन्दोलित

रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् ।

श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहेका नियमित कामदार तथा कर्मचारीहरु बाहेक सम्पूर्णलाई नियमित गरिनुपर्ने, सम्पूर्ण कामदार तथा कर्मचारहिरुलाई वार्षिक वोनस ३ महिना बरावरको खाइपाई आएको तलव भत्ता सहित दिने व्यवस्था गरिनुपर्ने , सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई दशैं खर्च वापत ४५ दिन बराबरको खाईपाई आएको तलव भत्ता दिनुपर्नेश्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम्पूर्ण विदाहरुका साथै महिलाहरुलाई तीज र जितिया पर्वको थप बिदा दिनु पर्ने माग गरिएका छन् ।

कामदार तथा कर्मचारीहरुलाई जीवन विमा, कम्पनीले दिदैं आएको दुईहजार ५०० कपडा भत्तालाई सात हजारमा बृद्धि गरिनुपर्ने, सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई घर भाडा वापतको रकम दिनुपर्ने, रात्री सिफ्टमा काम गर्ने कामदार तथा कर्मचारीहरुलाई मासिक तीन हजार ५०० र रात्री भत्ताको व्यवस्था गरिनुपर्ने तथा प्रतिष्ठान स्तरमा ट्रेड युनियन प्रतिनिधिहरुलाई माथिल्लो कमिटिले आयोजना गर्ने बैठक गोष्ठि, सेमिनार तथा वार्ताहरुमा उपस्थित हुनुपर्दा काज विदाको साथै युनियन अफिसको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।

चण्डिका डिस्टिलरीका प्रमुख रवि केसीले सरकारले तोकेअनुसार ९ हजार ५५० रुपैयाँ र महंगि भत्ता ५ हजार ४५० रुपैयाँ र ग्रेड हरेक बर्ष आधादिनको तलब १ सय ५९ रुपैयाँ र घर भाडा भाडा १० प्रतिशत ले ९५५ रुपैयाँ तथा सञ्चय कोष २० प्रतिशतका दरले एक हजार ९१० गरि १८ हजार २४ रुपैयाँ उपलब्ध गराउने गरिएको दावी गर्नुभयो ।

त्यसैगरी बार्षीक चाडपर्व विदा पुरुष लाई १४ दिन तथा महिलालाई १५ दिन र घर बिदा बर्षमा १८ दिन, बिरामी बिदा १२ दिन दिने गरिएको दावी छ । शनिबारको सहित वर्षमा ९७ दिन बिदा समेत दिने गरिएको केसीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्