प्रधानन्यायनधीशको राजीनाम माग गर्दै उच्च अदालत विराटनगरमा विरोध प्रदर्शन

प्रधानन्यायनधीशको राजीनाम माग गर्दै उच्च अदालत विराटनगरमा विरोध प्रदर्शन

विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आईतबार दिउँसो ११ देखि १२ बजेसम्म एक घण्टा हातमा कालोपटी बाँधेर शान्तिपूर्ण विरोध प्रर्दशन गरेका हुन् ।

दुवै अदालत अगाडी गरिएको प्रर्दशनलाई उच्च अदालत बारका अध्यक्ष नारायण दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए । प्रदर्शनको क्रममा ’न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायतका नारा लगाइएको थियो । कातिक २८ गतेदेखी ३० गतेसम्म प्रत्येक दिन एक घन्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने अधिवक्ता प्रेमकुमार घिमिरेले जानकारी दिनुभयो । शान्तिपूर्ण विरोध प्रदर्शनपछि दुवै अदालतका नियमित सुनुवाइ सुचारु भएको उच्च अदालतका सुचना अधिकारी ओम सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्