विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

<span class='c1'>विराटनगरको अत्रि बचत तथा ऋण</span> <span class='c2'>सहकारीको १० करोड कारोबार</span>

विराटनगर । विराटनगर ४ चादनी चौकमा रहेको अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ ।
उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिवार विराटनगरमा आयोजना गरिएको बाह्रौ साधारण सभामा जानकारी गराइएको हो । संस्थाले गत आर्थिक वर्ष ४९ लाख २० हजार सात सय दुई रूपैयाँ आम्दानी गरी ४७ लाख २४ हजार पाँच सय २१ रूपैयाँ खर्च गरेको थियो ।
संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा ११ करोड ११ लाख १५ हजार रूपैयाँ कारोबार गर्ने लक्ष्य राखेको छ । पाँच सय ६४ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ५६ लाख २३ हजार तीन सय रूपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँको शेयर बिक्री गर्ने संस्थाले लक्ष्य राखेको छ ।


संस्थाको बाह्रौ साधारण सभाले सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष ईश्वर खतिवडाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन २०७८, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट सञ्योजक हरीप्रसाद खतिवडाद्वारा प्रस्तुत लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माधवप्रसाद खतिवडाद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी, साधारण सभामा ज्योतिष अग्निप्रसाद अम्बिका स्मृती प्रतिष्ठानको सहकार्यमा विराटनगर महानगरपालिका वडा नम्बर तीन निवासी रूक्मीणा खतिवडा र वडा नम्बर पाँच निवासी गोपाल प्रसाद खतिवडालाई सम्मान गरिएको छ । उहाँहरूलाई तीन÷तीन हजार रूपैयाँ नगद, प्रमाण पत्र सहित सम्मान गरिएको हो । त्यस्तै, ज्येष्ठ पुस्ताका माता पितालाई माल्यार्पण गरी सम्मान गर्ने कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर १२ की नर्वदा खतिवडा, वडा नम्बर पाँचका तीर्थप्रसाद खतिवडा, विराटनगरकै टंकप्रसाद खतिवडा र वेदनाथ खतिवडालाई सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्