विपद व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो : मन्त्री कार्की

विपद व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद व्यवस्थापन सामुहिक प्रयासको खाँचो रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीको यस्तो भनाई आएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आईपर्ने विपदको रोकथामदेखि उद्धार तथा राहतमा सर्वपक्षीय संमन्यय हुनुपर्ने बिषयमा जोड दिए । संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद न्यूनीकरण, राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने उनको भनाई थियो । मन्त्री कार्कीले सुरक्षाकर्मी, आम नागरिक र सरकारी प्रतिनिधिको साझा प्रयासमा निकै हदसम्म विपद रोकथाम गर्न सकिने तर्क गरे । यसका लागि स्थानीय तहका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सकिने बिषयमा जोड दिए । आन्तरिक मामिला मन्त्रालयले विपद्मा पर्ने सम्भावित क्षेत्रको म्यापिङ गरेर उपलब्ध साधनस्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा भने ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुन कुमार मण्डलले जिल्लामा विपदबाट हुने गरेको क्षति र बचाउ सम्बन्धी भए गरेका कामबारे जानकारी गराए । कार्यक्रममा भने ओखलढुङ्गाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा रेडक्रस सोसाईटी र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्