विराटनगर बजारबाट अझै उठेन तिहारमा प्रयोग भएका केराका थम्बा

<span class='c1'>विराटनगर बजारबाट अझै उठेन तिहारमा</span> <span class='c2'>प्रयोग भएका केराका थम्बा</span>

विराटनगर । दिपावली लक्ष्मी पुजाको दिन साज सज्जा गरिएका केराको थम्बा बजारमा नठदा विराटनगरको बजार यतिबेला फोहोरको डङ्गुर थुप्रिएको छ ।
तिहारमा विराटनगरको बजारका व्यापारीहरुले आफ्ना पसल अगाडी साज सज्जा गरि राखिएका केराको थम्बा हप्तादिन बितिसक्दा पनि फोहोर नउठाएका कारण यतिबेला बजार फोहोरले भरिएको छ ।

विराटनगर महानगरपालीकाले विराटनगर सफाईका लागि वेष्ट म्यानेजमेन्ट ग्रुप नेपालसँग ५ बर्षका लागी सम्झौता गरेको छ । महानगरसँग एक करोड ५० लाख रुपैयाँ लिएर सम्झौता गरि फोहोर उठाउने जिम्मा लिएको वेष्ट म्यानेजमेन्टले बजारका फोहोरजन्य वस्तु मात्र उठाउदै आएको छ तर केराका थम्बा भने अहिले सम्म उठाएको छैन । सरसफाईको जिम्मा लिएको वेस्ट मेनेजमेन्टले तिहारमा प्रयोग भएका केराको थम्बा उठाउन व्यापारीसँग प्रति थम्बा ४० रुपैयाँ लिदै उठाएको भए पनि रकम नपाएको केराका थम्बाहरु बजारमै छरिएका छन् ।

यस गर्दा बजारको रुप त बिग्रियो नै यता आम सर्वसाधारणलाई समेत बाटोमा हिड्दा फोहोरको डङगुरले गर्दा नाक थुनेर हिड्न बाध्य भएका छन् ।
यता वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल विराटनगरका परियोजना प्रमुख देवी आचार्यले भने तिहार र छठ पर्वमा कर्मचारी विदा र कर्मचारीहरुले आन्दोलन गरेका कारण केही दिन रोकिएको बताए । आचार्यले भने ‘अबको केहीदिनमा बजारको सबै केराकाो थम्बा उठाउने छौ। ’

यस विषयमा भोली स्थलगत भिडियो रिर्पोट आवर विराटनगरमा हेर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्