प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबलाई

प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबलाई

विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ ।

मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । उप विजेता बनेको झोराहाट युवा क्लबले २० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा सिर्सिया फुटबल क्लबका अरुण सोरेनले दुई गोल र गोपाल मरण्डीले एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच अरुण सोरेन घोषित भए । प्रतियोगितामा धनपालथान, कटहरी, ग्रामथान र जहदा लगायतका १६ वटा टिमको सहभागीता रहेको थियो ।

विजयी हुने खेलाडीहरूलाई जहदा गाउँपालिका ३ का वडाअध्यक्ष अनिल कुमार ठाकुरले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्