पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनौटमा

पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनौटमा

विराटनगर । कराते प्रशिक्षक बिमल पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् ।

कजाकिस्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणका लागि उनी छनौटमा परेका हुन् । प्रशिक्षणपछि हुने परीक्षमा उत्तीर्ण भए पोखरेलले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा प्रशिक्षकको भुमिकामा हुनेछन् । नेपालबाट छनौटमा पर्ने उनी एकल हुन् । छनौटमा परेपनि आवतजावतमा हुने टिकट, होटल र खाना लगायतका खर्च स्वयंमले व्यहोर्नुपर्ने पोखरेलले आवर विराटनगरलाई बताए । उनले प्रशिक्षणका लागि कजाकिस्तानको यात्रामा झण्डै साढे ३ लाख खर्च हुने जानकारी दिए ।

पोखरेल भने मार्सल आर्ट्स अन्र्तगतको कराते खेलको फोरडान ब्ल्याकबेल्ट हुन् । उनी यस खेलका सरकारी प्रशिक्षक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्