ज्यान मुद्दामा १८ वर्ष कैद ठहरपछि फरार विराटनगरकी ३५ वर्षीया महिला पक्राउ

ज्यान मुद्दामा १८ वर्ष कैद ठहरपछि फरार विराटनगरकी ३५ वर्षीया महिला पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले २०७४ कार्तिक १५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा विराटनगर–१५ निवासी ३५ वर्षीया सुशिला देवी साहलाई १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको फैसला सुनाएको थियो । कैद ठहर भएपनि फरार प्रतिवादीको सूचिमा रहेकी साहलाई ईलाका प्रहरी कार्यालय रानीले दुई दिन अगाडी कार्तिक २७ गते पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ गरिएकी महिलालाई आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्