मंगलबार नेपाल बन्दको घोषणा, मोरङको सुरक्षा बढाउन निर्देशन

<span class='c1'>मंगलबार नेपाल बन्दको घोषणा,</span> <span class='c2'>मोरङको सुरक्षा बढाउन निर्देशन</span>

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो । गत बिहीबार नै एक वक्तव्य जारी पार्टीका महासचिव विप्लवले कार्तिक २४ गतेबाट ५ दिनसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सार्वजनिक वक्तव्यमा कात्तिक ३० गते मंगलबार नेपाल बन्द गर्ने उल्लेख छ ।

नेपाल बन्दको आव्हान भएसँगै मंगलबारका लागि भने मोरङको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आवर विराटनगरलाई बताए । उनले कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा तैनात रहन निर्देशन गरिएको जानकारी दिए ।

नेपाल बन्दको दौरान भने निषेधाज्ञा झैं अत्यावश्यक सेवा क्षेत्र बाहेकका पसल÷व्यावसाय तथा सवारीसाधनहरु सञ्चालन गर्न नपाईने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्