झापा । गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय मोेहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् । गत कार्तिक ११ गते विहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिईन ।
निवेदनको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर खोजतलाश गर्दा घरको सेफ्टी टयांङ्क भित्र मबेसिरको शव फेला परेको थियो । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन लगायत प्रमाण योग्य चीजवस्तुहरु बरामद गरेको छ ।
हत्याको आरोपमा पक्राउ परेका पाँचैजना उपर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।