श्रमिकका लागि बहराइन खुला

<span class='c1'>श्रमिकका लागि</span> <span class='c2'>बहराइन खुला</span>

काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट हटाउँदै नेपालीको आवागमन खुला गरेको हो । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुुएचओ)ले मान्यता दिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका बहराइन पुगेपछि क्वारेन्टाइन बस्न पर्दैन । बहराइन यात्रा गर्ने यात्रुले साथमा क्यूआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।
खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ । एपमार्फत पीसीआर परीक्षणका लागि समय लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्