विराटनगरमा बन्दको प्रभाव : पठनपाठन प्रभावित, आम नागरिक मारमा

<span class='c1'>विराटनगरमा बन्दको प्रभाव : पठनपाठन</span> <span class='c2'>प्रभावित, आम नागरिक मारमा</span>

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव स्वरुप मंगलबार विराटनगरका शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।

नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको थियो । बन्दको प्रभाव स्वरुप मंगलबार विराटनगरका निजी तथा सामुदायिक विद्यालय र कलेजहरु बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठ्न प्रभावित बनेको छ । कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन हुने गरि लामो समयपछि स्कुल तथा कलेजहरु सञ्चालनमा आएका थिए । तर, विप्लव समुहले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार विराटनगर शिक्षण संस्थाहरु पनि बन्द गरिएका छन् । विद्यालय तथा क्याम्पसहरुले भने सामाजिक सञ्जाल र अन्य विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई बिशेष कारणले शिक्षण संस्था बन्द गरिएको जानकारी गराएका छन् । यसको चौतर्फी विरोध भईरहेको छ ।

बन्दको प्रभावले आम सर्वसाधारण मारमा पर्नुका साथै विराटनगरबाट छोटो तथा लामो दुरीका सवारीसाधनहरु समेत सञ्चालन हुन पाएका छैनन् । बिहानैदेखि मुख्य राजमार्ग सुनसान देखिएको छ । आम सर्वसाधारणले पनि अत्यावश्यक बाहेकका पसल व्यावसाय सञ्चालन गरेर जोखिम उठाउन चाहेका छैनन् । औषधी, खाद्यान्न, फलफुल, दुग्धजन्य पदार्थ बिक्री हुने बाहेकका पसल व्यावसायहरु बन्द छन् ।

कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मोरङ प्र्रहरीले पनि मंगलबारको सुरक्षा व्यवस्था कडा बनाएको छ । ठाउँठाउँमा प्रहरी परिचालन गरेर जिल्लाबासीको सुरक्षामा बिशेष ध्यान पु¥याईएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आवर विराटनगरलाई जानकारी दिए ।

गत बिहीबार नै एक वक्तव्य जारी गर्दै पार्टीका महासचिव विप्लवले कात्तिक २५ गतेबाट ५ दिनसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सार्वजनिक वक्तव्यमा कात्तिक ३० गते मंगलबार नेपाल बन्द गर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्