तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिका ताला

<span class='c1'>तलब नपाएपछि कर्मचारीद्वारा</span> <span class='c2'>गाउँपालिका ताला</span>

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।

गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताउनुभयो । सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताउनुभयो ।

जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको यस्तै दुधकण्ड प्रावि रोडिकोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताउनुभयो ।

सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् । आधारभूत र प्राथमिक सबै विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन् । बत्तीस जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जनाले आन्दोलित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्