बिदेश छाडेर स्वदेशमै गाईपालन, बाछाबाछीबाट कमाइ गर्ने सोच

<span class='c1'>बिदेश छाडेर स्वदेशमै गाईपालन,</span> <span class='c2'>बाछाबाछीबाट कमाइ गर्ने सोच</span>

नवलपरासी । प्रेमलाल खरेल राजनीतिकर्मी सँगै सफल किसान । बिदेशको लामो बसाई पछि स्वदेशमै केही गर्नु पर्दछ भन्ने भावनाका साथ अहिले निरन्तर कर्म क्षेत्रमा तल्लीन खरेल मिजासीला र कर्मक्षेत्रमा अरोरात्र खटिईरहने कृषकका रुपमा आफनो परिचय बनाउन सफल हुनुहुन्छ ।

तीन बर्षको डेनमार्कको बसाई ,दुई बर्ष कतार र दुई बर्ष भारतको बसाई पछि स्वदेशमा बसेर स्वदेशमै केही गर्नुु पर्दछ भन्ने उर्जा बोकेर खरेलले अहिले संयुक्त नमूना कृषि फार्म संचालनमा ल्याएर सफल किसानका रुपमा आफूलाई अब्बल साबित गर्नुभएको छ ।
गाई पालनमा सबै किसानको चाहाना दूध बिक्री गरेर मनग्ये आम्दानी लिने हुन्छ तर खरेलको चाहाना भने फरक रहेको छ ,उहाँले अहिले आफनो फर्ममा ८२ वटा होल्स्टेन र जर्सी क्रस का गाईहरु पाल्नुभएको छ र दैनिक तीन सय लिटर दुध बिक्री गर्नुहुन्छ तर लगानी अनुसार दूधले मुनाफा लिन नसकेको बताउनुहुन्छ कृषक खरेल ।

उहाँले दूध बिक्री भन्दा पनि फर्ममा बाच्छी उत्पादनमा लाग्नुभएको छ उहाँको फर्ममा अहिले पनि २० बढि साना बाच्छीहरु रहेका छन् र ती बाच्छीहरु बिक्री गरेर मुनाफा लिने सोचका साथ उहाँ अगाडि बढेको बताउनुहुन्छ ।

फर्ममा रहेका गाईहरुबाट जन्मेको बाच्छीहरुको स्याहार सुसार गरेर उनीहरुलाई राम्रो सँग हुकार्उन सकियो भने दूध बिक्रीले भन्दा बाच्छी उत्पादन पछि बिक्री गर्दा राम्रो आम्दानी हुने कृषक खरेल बताउनुहुन्छ । राम्रो नश्ल बाच्छी को एक लाख रुपियासम्ममा बिक्री हुने र दूध बिक्री भन्दा बाच्छी बिक्रीले बढि फाईदा मिल्ने कृषक खरेलले बताउनुभयो ।
बजारमा अहिले सबै चीजको मुल्य बढेको ,दूधको मूल्य कमी भएको ले पनि लागत अनुसार मुल्य नपाउँदा दूध किसानहरु मर्कामा परेका कृषक खेललको भनाई छ ।

उहाँले अहिले दुई बिगाहा जग्गामा घाँस रोप्नुभएको छ भने दाना आफैंलै बनाउने गरेको पाँच कठ्ठामा गाईको गोठ बनाएर गाई पालन गरेको बताउनुभयो । फर्ममा छ जनालाई रोजगारी दिएको सरकारी अनुदान कतैबाट नपाएको गुनासो गर्नुभयो । राज्यले दूधमा जसरी मुल्य निर्धारण गरेको छ दानामा पनि मुल्य निर्धारण हुनुपर्ने कृषक खरेलको भनाई छ ।
भारतबाट दूधको आयात बन्द गरि स्वदेशमै दूधको उत्पादन लाई बढावा दिनुपर्दछ खेरलले भननुभयो दूधमा अहिले कायम भएको सरकारी मुल्यले किसानलाई राहात होइन आहात पुगेको छ ।

राजनीतिमा सकृय खरेल नवलपरासी पूर्ब गैंडाकोट नगरपालिका वडा नं १० का नेपाली काँग्रेसका वडा सभापति समेत हुनुहन्छ । सफल किसानका रुपमा आफनो ब्यक्त्त्वि बनाउन सफल खरेल पार्टीमा पनि भद्र र शालिन नेताका रुपमा परिचित रहेको स्थानीय बताउँछन । ३७ बर्षीय खरेल मुकुन्दपुरका सफल कृषकका रुपमा परिचित मात्रै होईन गाई भैंसीपालन गर्ने कृषकका लागि सहयोगी पनि हुनुहुन्छ स्थानीय समाजसेबी बिमल राउत बताउनुहुन्छ ।

साभार:गाेरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्