विराटनगरस्थित रेडक्रस मोरङको कार्यालयमा तालाबन्दी, कर्मचारीलाई चुप बस्न विघठित समितिको ‘काशन’

<span class='c1'>विराटनगरस्थित रेडक्रस मोरङको कार्यालयमा तालाबन्दी, कर्मचारीलाई</span> <span class='c2'>चुप बस्न विघठित समितिको ‘काशन’</span>

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा सभापति सुवोध सिंहको समितिलाई बिघठन गरेर नयाँ तदर्थ समिति गठन गरिएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार दायित्व पूरा नगरेको भन्दै केन्द्रीय समितिले सभापति सिंह नेतृत्वको समितिलाई भङ्ग गरेपछि असन्तुष्ट बन्दै तालाबन्दी गरेका हुन् ।

रेडक्रस जस्तो सामाजिक मर्यादा र दायित्व बोकेको संस्थामा बसेर काम नगरेपछि भङ्ग गरिएको समितिले केन्द्रको निर्णय विरुद्ध जिल्ला शाखाको कार्यालयमा सोमबार तालाबन्दी गरिदिएपछि कर्मचारी बाहिरै हाँजिर गर्ने अवस्थामा पुगेका छन् । नयाँ तदर्थ समिति समेत कार्यकक्षमा प्रवेश गर्न पाएको छैन ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको कार्तिक २३ गतेको बैठकले तारानाथ भट्टराई सभापति रहेको १५ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरको थियो । सुवोध सिंह सभापति रहेको समितिले जिल्ला शाखाले पूरा गर्नुपर्ने वैधानिक दायित्व पूरा नगरेको आरोप लगाउँदै बिघठन गरिएपछि तदर्थ समिति गठन गरिएको हो ।
सभापति सिंह नेतृत्वमा रहेको मोरङ शाखाले केन्द्रीय साधारणसभामा सहभागिता नजनाएको, समयमै निर्वाचन गर्न नचाहेको, लेखा परीक्षण तथा कार्यक्रम प्रस्तुत गर्न नसकेको आरोप लगाउँदै केन्द्रीय समितिले बिघठन गरेको थियो ।

२०७५ कार्तिक २२ गते सिंह सभापतिमा निर्वाचित भएका थिए । उनले वैधानिकपूर्वक काम गर्न नसकेपछि २०७६ सालमा समेत केन्द्रले म्याद सकिएको घोषणा गरेको थियो । रेडक्रसका केन्द्रीय सभापति डा.नेत्रप्रसाद तिम्सिनाद्वारा हस्ताक्षरित पछिल्लो पत्राचारसँगै सभापति सिंह नेतृत्वको समिति बिघठन गरि नयाँ तदर्थ समिति मनोनयन गरिएको जानकारी जिल्लामा पठाइएको थियो ।
तर, रेडक्रसका महामन्त्री पिताम्बर अर्यालले अध्यक्ष तिम्सिनाको निर्णय सदर हुन नसक्ने भन्दै विरोध गरेपछि मोरङ शाखामा प्रभाव देखिएको हो । मोरङ शाखामा अध्यक्ष तिम्सिनाले गरेको पत्राचारकोे विरोधमा सभापति सिंहको नेतृत्वमा रहेको टोलिले सोमबार कार्यकक्षमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरिदिएका छन् । उनीहरुले कर्मचारीलाई चुप लागेर बस्न काशन समेत दिएका थिए । रेडक्रस मोरङका एक कर्मचारीका अनुसार बिघठित समितिले भोलि जुनसुकै बेला पनि पुर्नवहाली हुनसक्ने भएकोले अहिले नयाँ समितिको पक्षमा नबोल्न र रेडक्रसको दैनिक प्रशासनिक कार्य नगर्न भनेका हुन् ।

तालाबन्दीसँगै मंगलबार कार्यालयमा पुगेका कर्मचारीले आपत्कालिन हाँजिरी कार्यालय बाहिरै गरेका छन् । केन्द्रीय समितिले गठन गरेको तदर्थ समितिका सभापति तारा भट्टराई, मन्त्री श्याम पौडेलसहितको समूह कार्यालयमा पुगेर कर्मचारीलाई आपत्कालिन कार्यका लागि स्थानीय प्रशासनसँग परामर्श गरेर काम अगाडी बढाउने आश्वासन दिएर फर्केका छन् ।

तालाबन्दी यथावत रहेमा गोदाममा रहेको ‘ब्लड ब्याग’को अभाव हुनसक्ने रेडक्रस मोरङका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले बताउनुभयो । मोरङ रेडक्रसमा ४६ कर्मचारी रहेका छन् । जसमा चार ब्लड यूनिट रहेका छन् । क्षेत्रीय रक्त सञ्चार केन्द्र, बाहेक नोबेल, विराट, रंगेली र उर्लाबारीमा रक्त सञ्चय यूनिट रहेको छ । यी यूनिटमा रगत संकलन गरेर अतिआवश्यक पर्ने बिरामीका लागि उपलब्ध गराउन आवश्यक पर्ने ब्लड ब्याग राखिएको गोदाममा गरिएको तालाबन्दीले अभाव हुनसक्ने देखिएको छ ।
तदर्थ समितिका सभापति भट्टराईले प्रमुख जिल्ला अधिकारीसँग परामर्श गरेर आपत्कालिन सेवालाई सूचारु गरिने दावी गरेका छन् । उनले आफू कुनै हुलहुज्जतको पक्षमा नरहेको बताउँदै केन्द्रीय समितिले गरेको निर्णयका आधारमा जिम्मेवारी बहन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्