विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनि स्थित ट्रयाक्ट्र पल्टदा २ जना सह–चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली नगरपालिका–१ का २२ बर्षीय विजय हेम्रन र १५ बर्षीय अविनाश मनण्डी रहेका छन् । सोमबार बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्रयाक्ट्रले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा ट्रयाक्ट्र पल्टिएको थियो । घाईते भएका दुवै जनाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती साढे १० बजे मृत्यु भएको हो ।
पल्टिएको ट्रयाक्ट्र र रंगेली नगरपालिका–१ का २७ बर्षीय चालक आइती सतार टुडु हाल ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन् । प्रहरीले घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।