विराटनगरमा बन्दको प्रभाव : उपचारका लागि नेपाल आएका यात्रु बसपार्कमै अलपत्र

<span class='c1'>विराटनगरमा बन्दको प्रभाव : उपचारका लागि</span> <span class='c2'>नेपाल आएका यात्रु बसपार्कमै अलपत्र</span>

विराटनगर । विप्लव समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव स्वरुप सार्वजनिक यातायातहरु सञ्चालन हुन नपाउँदा यात्रूहरु अलपत्र परेका छन् ।

लामो दुरीका सवारीसाधनहरु सञ्चालन हुन नपाउँदा औषधी उपचार तथा रोजगारीको सिलशिलामा नेपाल आएका यात्रुहरु विराटनगर बसपार्कमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा लाहान, सिराहा, राजविराज, जनकपुर र काठमाण्डौं जाने यात्रुहरु रहेका छन् । वृद्धवृद्धादेखि बालबालिकासम्मका सयौं यात्रूहरु अहिले विराटनगर बसपार्कमा आ–आफ्नो गन्तव्यमा पुग्ने पर्खाइमा छन् । मंगलबार नेपाल बन्द बारे थाहा नभएको हुनाले समस्यामा परिएको उनीहरुले बताएका छन् ।

लामो दुरी अन्र्तगत काठमाण्डौं जाने सवारीसाधनहरु भने साँझ ४/५ बजेपछि मात्र सञ्चालनमा आउने जनाईएको छ । त्यसबाहेकको सवारीसाधनहरु बुधबार बिहानबाट मात्र सञ्चालनमा आउने भएकाले बहुसङ्ख्यक यात्रूहरुको बास आज विराटनगर बसपार्कमै हुने भएको छ ।

नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक २४ गतेदेखि ३० गतेसम्मका संघर्षका विभिन्न कार्यक्रमहरु अघि सारेको थियो । सोही कारणले मंगलबार लामो तथा छोटो दुरीका सवारीसाधनहरु सञ्चालनमा नआएका हुन् ।

नेपाल बन्दको आव्हान भएसँगै मंगलबार भने कुनैै अप्रिय घटना हुन नदिन मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बढी भीडभाड हुने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटार्ईएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्