प्रदेश १ मा मनाइयो नेपाल बैंक लिमिटेडको ८५ औं बार्षिकोत्सव

<span class='c1'>प्रदेश १ मा मनाइयो नेपाल</span> <span class='c2'>बैंक लिमिटेडको ८५ औं बार्षिकोत्सव</span>

विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ८५ औं बार्षिकोत्सव मनाएको छ ।

नेपालकै पहिलो बैंकको रुपमा स्थापित बैंकले मंगलबार सुनसरीको इटहरी–१४ स्थित पार्र्वती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी र शैक्षिक सामाग्री प्रदान गर्दै आफ्नो बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा बैंकले उक्त विद्यालयलाई ५० हजार रुँपैया बराबरको विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । बैंकका प्रदेश १ प्रमुख सुर्यप्रकाश भट्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रदेव चौधरीलाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । बैंकको तर्फबाट आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बैंकका प्रादेशिक शाखा कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । उहाँले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाहमा कुनै ढिलासुस्ती नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको थियो । कार्यक्रममा बैंकको तर्फबाट इटहरी शाखा प्रबन्धक योगेश भट्टराई, झुम्का शाखा प्रबन्धक रञ्जित साह र दुहबी शाखा प्रबन्धक प्रतिक वान्तवा, विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद चौधरी, इटहरी–१४ का वडाध्यक्ष गणेश प्रसाद चौधरी, विद्यार्थी, अभिभावक र विभिन्न राजनितिक दलका प्रतिनिधी सहित २०० बढीको सहभागिता रहेको थियो ।

नेपालकै पहिलो बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडको स्थापना भने १९९४ कार्तिक ३० गते भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्