महिला मृत फेला

<span class='c1'>महिला मृत</span> <span class='c2'>फेला</span>

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन् ।

बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ, हत्या हो कि आत्महत्या अहिल्यै भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

११ जना पक्राउ

तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो ।

खड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । प्रहरीले १६ थान कौडा र नगद रु ४५ हजार ३२० बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्