काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु

काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु

ठाकुरप्रसाद आचार्य
बेनी । नेपाली काँग्रेस म्याग्दीको आगामी नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनमार्फत पार्टीको १४ औंं राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु पनि चयन गर्ने जनाइएको छ ।

जिल्ला सभापतिमा वर्तमान जिल्ला सभापति खमवीर गर्वुजा र निवर्तमान जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ आगामी नेतृत्वको प्रमुख आकांक्षीका रूपमा देखिनुभएको छ । दुवै पक्षले आफ्नो प्यानल बनाएर चुनावी मैदानमा आउनुभएको छ ।

जिल्लासचिव पदमा गर्वुजा पक्षबाट भरतबहादुर रकालले औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला उपसभापति पदमा क्याप्टेन मीनबहादुर कार्की, माधवप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, कमल छन्त्याल र कर्णबहादुर भण्डारी (के.बी) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

त्यसैगरी सचिवमा गर्वुजा पक्षबाट रकालसँगै हिराबहादुर पुनले समेत उम्मेदवारी घोषणा गरेका छन् । बानियाँ पक्षबाट दुर्गाराम सुवेदी र अजयमिलन श्रेष्ठले सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

म्याग्दीबाट खुला र समावेशी गरी २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका लागि करिब ५० जना आकांक्षी छन् । अधिवेशनमा जिल्लाभरबाट सातसय ५० जना क्षेत्रीय प्रतिनिधिहरुले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्