प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई विश्वास मत प्राप्त

<span class='c1'>प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार</span> <span class='c2'>राईलाई विश्वास मत प्राप्त</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्