अदालत आन्दोलनको केन्द्र बन्नु दुःखदः अध्यक्ष ओली

<span class='c1'>अदालत आन्दोलनको केन्द्र बन्नु</span> <span class='c2'>दुःखदः अध्यक्ष ओली</span>

गोविन्द शर्मा
बाँके । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ ।

‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो । न्यायाधीशहरु सेवा सुविधा लिने तर जनताका मुद्दा नहेर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले अदालत मर्यादित बनेर गरिमा बढाओस् भन्ने पक्षमा आफुहरु रहेको बताउनुभयो । एमालेको लक्ष्य र उद्देश्य देश बनाउने रहेको चर्चा गर्नुहुँदै उहाँले लोक कल्याणकारी राज्यको सुरुवात एमालेले गरेको दावी गर्नुभयो । त्यसैले पार्टीप्रति आम जनताको बिश्वास बढी भएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एमालेले सधै विकासको राजनीति गर्दैआएको छ, अध्यक्ष ओलीले भन्नुभयो, “वैचारिक हिसावले पनि एमालेको अहिले कुनै पनि पार्टीसँग प्रतिष्पर्धा छैन ।” आगामी निर्वाचनमा एमालेको एकल वहुमत आउने दावी गर्नुहुँदै उहाँले तिव्र गतिको विकासलाई फेरि निरन्तरता दिइने बताउनुभयो ।

नेपाली काङ्ग्रेस प्रचण्डपथको पछि लागेको टिप्पणी गर्नुहुँदै उहाँले पाँच दलीय गठबन्धनले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले गठबन्धन दलहरु एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जमानत पनि जफत हुने दावी गर्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज शङ्कर पोखरेलले आर्थिक विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गर्नुभयो । कार्यक्रममा जिल्ला विकास समिति बाँकेका पुर्ब सभापति पशुपति दयाल मिश्रा, अव्दुल करिम खाँ, गिरिजा पाठक, चिन्टु वर्मासहित हजार बढी एमालेमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्