विराटनगरमा जताततै रोड क्रसिङ्ग, दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाको चिन्ता

विराटनगरमा जताततै रोड क्रसिङ्ग, दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाको चिन्ता

विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।

धिमा गतिमा निर्माणको काम भएको सडकको ठेक्का प्रक्रियादेखि नै त्रुटी हुँदै आएको छ । २०६९÷२०७० सालदेखि सुरु भएको आयोजना अन्तर्गत रानी–दुहबीसम्मको १८ किलोमिटर दुरीमा मात्रै ११ वटा ठेक्का सम्झौता भएका छन् । छलेन सडक आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार ११ वटा च्यानेजमा समेत सडक, नाला र बिजुलीका पोल सार्ने ठेक्का टुक्राइएको छ । यसका कारण निर्माण सुस्त बनिरहेको सडकमा सयौं किसिमका समस्या देखिएको प्रमुख शर्माको दावी छ ।

विराटनगर बजार क्षेत्र भित्र मात्रै व्यापारी तथा व्यवसायीको दवावमा सडकको मापदण्ड विपरित जताततै रोड क्रसिङ्ग पोइन्ट राखिदाँ दुर्घटनाको जोखिम बढेको छ । सडकको डिजाइनमा रानी, रोडशेष, महेन्द्रचौक, बरगाछी, एयरपोर्ट मोड र कन्चरबारीमा सवारी पास हुने क्रसिङ्ग पोइन्ट राखिएको थियो । त्यस बाहेक बीचबीचमा ५०० मिटरको दुरी पर्ने गर्ने पैदल यात्रुलाई सहजीकरण हुने किसिमका क्रसिङ्गस्थल डिजाइन गरिएको थियो ।

तर, अहिले विराटनगरका ठूला व्यापारी तथा व्यवसायीको ईच्छा अनुसार जताततै क्रसिङ्गस्थल निर्माण गरिएको शर्माले बताउनुभयो । विराटनगर बजार क्षेत्रमा हुने सवारी दुर्घटनाको एउटा कारण रोड क्रसिङ्गस्थल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरोकारवाला पक्षसँग राख्नु भएको बैठकमा आयोजनाका प्रमुख शर्माले विराटनगरका व्यापारी र स्थानीय निकायले मनपरी गर्दा सडक प्रयोग व्यवस्थापन उचित नभएको आरोप लगाउनुभयो ।

डिजाइनमा भएका रोड क्रसिङ्गस्थलमा सडक विभागले ट्राफिक लाइटको व्यवस्थापन गर्ने शर्माले बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बजारभरी बनाइएका रोड क्रसिङ्गको विषयमा आफूले अध्ययन गरेर अनावश्यक देखिएको खण्डमा डिजाइडर राखिने आश्वासन दिनु भएको छ । त्यस बाहेक सडकको दाँया–बाँया व्यापार गर्नेहरुले अतिक्रमण गर्दा त्यसको प्रभाव ट्राफिक व्यवस्थापनमा परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्