प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ६६</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैचा, बुढीगंगा र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्