सर्वोच्चमा आज पूर्णसहित नौ इजलास तोकियो, सबै खाले मुद्दा पेसीमा

सर्वोच्चमा आज पूर्णसहित नौ इजलास तोकियो, सबै खाले मुद्दा पेसीमा

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबारका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोक्नुभएको छ ।

सर्वोच्चकका अनुसार आज प्रधानन्याधीश जबराले भने आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास तोक्नुभएको छ भने हरिप्रसाद फुयालको लागि एकल इजलास तोक्नुभएको छ ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र डा। कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, टंकबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माका लागि प्रधानन्यायाधीश जबराले संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्